धनगढीमाई मेयरमा एमालेका शिवशंकर महतो विजयी

सिरहा । सिरहाको धनगढीमाई नगरपालिकामा नेकपा एकालेका शिवशंकर महतो मेयर र उपमेयरमा नेपाली कांग्रेसका संगीता कुमारी चौधरी निर्वाचित हुनुभएको छ । नेकपा एकालेका जिल्ला सचिवसमेत रहेका महतो ७ हजार ५६ मत ल्याउँदै विजयी हुनुभएको हो । 

महतो नेपाली कांग्रेसका जिल्ला सभापति रामचन्द्र यादवलाई १५५ मतान्तरले पछि पार्दै निर्वाचित हुनुभएको हो । निकटतम प्रतिस्पर्धी यादवले ६ हजार ९०१ मत ल्याउँदा निवर्तमान मेयर तथा माओवादी केन्द्रका उम्मेद्वारहरिनारायण चौधरीले ४ हजार ३६९ मत प्राप्त गर्नुभयो। चौधरी माओवादी केन्द्रका केन्द्रीय सदस्य हुनुहुन्छ। 

उपमेयर संगीता कुमारी चौधरी ६ हजार ६१३ मत प्राप्त गर्दै निर्वाचित हुनुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धीहरु नेकपा एमालेका शोभा कुमारी बरालले ६ हजार ३७८ र निवर्तमान उपमेयर तथा नेकपा माओदी केन्द्रका फूलकुमारी श्रेष्ठले ४ हजार ३१४ मत प्राप्त गर्नुभयो । 

जम्मा १४ वडा रहेको यस पालिकामा सबैभन्दा बढी नेपाली का‌ंग्रेस ६ वटा, नेकपा माओवादी केन्द्रले ३ वटा, नेकपा एमालेले २ वटा, नेकपा एकीकृत समाजवादी १, जसपा १, जनमत १ वडामा विजयी भएका छन्।

 

प्रकाशित मिति : ६ जेष्ठ २०७९, शुक्रबार  १२ : ४७ बजे