काठमाडौं उपमेयर अपडेट : सुनिता डंगोल १८६१२ मतले अगाडि

काठमाडौं । काठमाडौं महानगरपालिकाको जारी मतगणनामा नेकपा एमालेबाट उपमेयर पदका लागि उम्मेदवारी दिनुभएकी सुनिता डंगोलले मतान्तर बढाउँदै लैजानुभएको छ । 

बिहान ११ बजेसम्म ७३९०९ मत गणना सकिएको छ । सुनिता डंगोल १८६१२ मतले अगाडि हुनुहुन्छ। उहाँले २७५२६ मत प्राप्त गर्नुभएको छ । भने नेकपा एसबाट उपमेयरमा उम्मेदवारी दिनुभएका रामेश्वर श्रेष्ठले ८९१४ मत प्राप्त गर्नुभएको छ । 

राप्रपाका उम्मेदवार बिनिता मगैयाले ६००९ मत प्राप्त गर्नुभएको छ ।

प्रकाशित मिति : ६ जेष्ठ २०७९, शुक्रबार  ११ : ४० बजे