हालसम्म ६ सय ३४ पालिकाको अन्तिम परिणाम सार्वजनिक

काठमाडौँ । स्थानीय तह निर्वाचन अन्तरगत जारी मतगणनामा हालसम्म  ६ सय ३४ वटा पालिकाको अन्तिम परिणाम सार्वजनिक भएको छ ।

प्राप्त पछिल्लो विवरण अनुसार नेपाली काँग्रेसले २ सय ८२, नेकपा एमालेले १ सय ७४, नेकपा माओवादी केन्द्रले १ सय १२, जसपा १६, नेकपा एकीकृत समाजवादीले ६, र अन्यले ४४ स्थानमा प्रमुख वा अध्यक्ष पदमा विजय हासिल गरेको निर्वाचन आयोगले जनाएको छ ।

त्यसैगरी, उपाध्यक्ष तथा उपप्रमुखमा नेपाली काँग्रेसले २ सय ५७, नेकपा एमालेले १ सय ९५, नेकपा माओवादी केन्द्रले १ सय १९, जनता समाजवादी पार्टी १४, नेकपा एकीकृत समाजवादीले ८, र अन्यले ४० स्थानमा विजयी हासिल गरेको निर्वाचन आयोगले जनाएको छ ।

त्यस्तै, वडा अध्यक्ष पदमा नेपाली काँग्रेस २ हजार ३ सय ९१, नेकपा एमाले १ हजार ९ सय ६, नेकपा माओवादी केन्द्र ९ सय ९२, जनता समाजवादी पार्टी २ सय ३८ र अन्य ५ सय २२ गरी ६ हजार ४६ जना विजयी हुनुभएको आयोगले जनाएको छ ।

प्रकाशित मिति : ६ जेष्ठ २०७९, शुक्रबार  ११ : ३९ बजे