आन्तरिक हवाई उडानमा अत्यधिक चाप

विराटनगर महानगरपालिकाको प्रमुखमा काँग्रेस र उपप्रमुखमा एमालेको अग्रता

विराटनगर । विराटनगर महानगरपालिकाको महानगरको प्रमुखमा नेपाली काँग्रेस र उपप्रमुखमा नेकपा एमालेले अग्रता कायम गरिरहेको छ । 

मतगणनाको पछिल्लो परिणाम अनुसार  महानगरको प्रमुख पदमा  नेपाली काँग्रेसका नागेश कोइराला २५ हजार ३ सय १२  मत प्राप्त गर्नुभएको छ भने उहाँलाई नेकपा एमालेका सागरकुमार थापाले १८ हजार ८ सय ३५ मतका साथ पछ्याइरहनुभएको छ ।

त्यसैगरी, महानगरपालिकाको उपप्रमुख पदमा नेकपा एमालेकी शिल्पा कार्कीले २२ हजार १४  मतका साथ अग्रता कायम गरिरहनुभएको छ भने उहाँलाई  जनता समाजवादी पार्टी नेपालका अमरेन्द्र यादवले १२ हजार ३  सय ६६   मत ल्याएर पछ्याइरहनुभएको छ । 

महानगरपालिकामा ८९ हजार ६ सय मत खसेकोमा अहिले सम्म ७७ हजार ३ सय ५  मत गणना भइसकेको छ ।

 

प्रकाशित मिति : ६ जेष्ठ २०७९, शुक्रबार  ११ : १२ बजे