आन्तरिक हवाई उडानमा अत्यधिक चाप

इलामको फाकफोकथुम गाउँपालिकामा गठबन्धनलाई हराउँदै एमाले विजयी

इलाम । इलामको फाकफोकथुम गाउँपालिकामा गठबन्धनलाई हराउँदै एमाले विजयी भएको छ ।

एमालेका दीपेन्द्र खनाल ५ हजार ३२२ मतसहित अध्यक्षमा निर्वाचित हुनुभएको हो। उहाँका निकटतम प्रतिस्पर्धी गठबन्धनबाट उम्मेदवार बन्नुभएको काँग्रेसका डिकबहादुर थापाले ४ हजार ८२१ मत पाउनुभयो ।

खनाल २०७४ को स्थानीय तहको निर्वाचनमा पनि एमालेबाट उम्मेदवार बन्नुभएको हो । त्यस बेला खनाल काँग्रेसका रामकुमार श्रेष्ठसँग पराजित हुनुभएको थियो। 

उपाध्यक्षमा पनि एमालेकी कल्पना राई निर्वाचित हुनुभएको छ  । उहाँ ५ हजार १५८ मतसहित विजयी हुँदा गठबन्धनबाट उम्मेदवार बन्नुभएका माओवादी केन्द्रका केवी वान्तवाले ४ हजार १४७ मत पाउनुभयो ।

फाकफोकथुम गाउँपालिका वडा नम्बर १ को अध्यक्षमा काँग्रेसका कर्णबहादुर लिम्बु, वडा नम्बर २ मा काङ्ग्रेसकै यामबहादुर खत्री पौडेल, ३ मा एमालेका दीपेन्द्र लिम्बु, ४ मा काँग्रेसका पदमबहादुर मगर, ५ मा एमालेका सिद्धान्त आले, ६ मा एमालेका टङ्कनाथ खनाल, ७ मा काँग्रेसका छत्रबहादुर लिम्बु वडाध्यक्षमा निर्वाचित हुनुभएको छ । 

फाकफोकथुममा नेपाली काँग्रेसका १४ र एमालेका २३ जना जनप्रतिनिधि निर्वाचित भएका छन् ।

 

प्रकाशित मिति : ६ जेष्ठ २०७९, शुक्रबार  ९ : २० बजे