आन्तरिक हवाई उडानमा अत्यधिक चाप

भरतपुर महानगरपालिकामा भरतपुरमा दाहालको अग्रता कायमै

चितवन । भरतपुर महानगरपालिकामा पाँच दलीय गठबन्धनमा माओवादी केन्द्रबाट उम्मेदवार बन्नुभएकी रेनु दाहालले अग्रता कायमै राख्नुभएको छ । उहाँले तीन हजार ३१० मतान्तरले अग्रता लिनुभएको छ । 

महानगरपालिकामा ५४ हजार ४२ मत गणना हुँदा दाहालले अग्रतालाई फराकिलो बनाउँदै लैजानुभएको हो । दाहालले २० हजार ४९२ मत प्राप्त गर्दा नेकपा एमाले)बाट प्रमुखको उम्मेदवार विजय सुवेदीले १७ हजार १८२ मत प्राप्त गर्नुभएको छ । यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले सात हजार ८८२ मत प्राप्त गर्नुभएको छ ।

उपप्रमुखमा गठबन्धनबाटै नेपाली काँग्रेसका चित्रसेन अधिकारीले २२ हजार ९५२ मत प्राप्त गर्दा राप्रपाकी हिमला गुरुङले १३  हजार ६४६ मत प्राप्त गर्नु भएको छ । भरतपुर महानगरमा वडा नं १, २, ४, ५, ६, ८ र १० मा काँग्रेस, वडा नं ७ र ९ मा नेकपा (एकीकृत समाजवादी) तथा वडा नं ३ मा  एमाले विजयी भएको छ । 

वडा नं ११ र १२ को मत गणना भइरहेको छ । ती दुवै वडामा एमाले अगाडि रहेको छ । भरतपुर महानगरपालिकामा एक लाख २७ हजार ८३९ मत खसेको थियो ।

प्रकाशित मिति : ६ जेष्ठ २०७९, शुक्रबार  ८ : ०८ बजे