हालसम्म ६ सय २३ पालिकाको अन्तिम परिणाम सार्वजनिक

काठमाडौँ । स्थानीय तह निर्वाचन अन्तरगत जारी मतगणनामा हालसम्म  ६ सय २३ वटा पालिकाको अन्तिम परिणाम सार्वजनिक भएको छ ।

प्राप्त पछिल्लो विवरण अनुसार नेपाली काँग्रेसले २ सय ७७, नेकपा एमालेले १ सय ७२, नेकपा माओवादी केन्द्रले १ सय १२, नेकपा एकीकृत समाजवादीले ६, जसपा १५ र अन्यले ४१ स्थानमा प्रमुख वा अध्यक्ष पदमा विजय हासिल गरेको निर्वाचन आयोगले जनाएको छ ।

त्यसैगरी, उपाध्यक्ष तथा उपप्रमुखमा नेपाली काँग्रेसले २ सय ५१, नेकपा एमालेले १ सय ९४, नेकपा माओवादी केन्द्रले १ सय १७, नेकपा एकीकृत समाजवादीले ८, जनता समाजवादी पार्टी १३ र अन्यले ३८ स्थानमा विजयी हासिल गरेको निर्वाचन आयोगले जनाएको छ ।

त्यस्तै, वडा अध्यक्ष पदमा नेपाली काँग्रेस २ हजार ३ सय ५५, नेकपा एमाले १ हजार ८ सय ८७, नेकपा माओवादी केन्द्र ९ सय ८२, जनता समाजवादी पार्टी २ सय ३१ र अन्य ५ सय १५ गरी ५ हजार ९ सय ७० जना विजयी हुनुभएको आयोगले जनाएको छ ।

प्रकाशित मिति : ६ जेष्ठ २०७९, शुक्रबार  ७ : ५८ बजे