आन्तरिक हवाई उडानमा अत्यधिक चाप

सुनसरीको बर्जु गाउँपालिकामा एमाले विजयी

विराटनगर । सुनसरीको बर्जु गाउँपालिकामा नेकपा (एमाले) विजयी भएको छ । अध्यक्ष पदमा एमालेका जिवछकुमार राय सात हजार ८६१ मत प्राप्त गरी विजयी हुनुभएको छ ।

उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका रघुनन्दन चौधरीले सात हजार ४७४ मत प्राप्त गर्नुभएको छ । उपाध्यक्षमा एमालेकै नितुकुमारी चौधरी आठ हजार ४७४ मत प्राप्त गरी विजयी हुनुभएको छ । 

उहाँका निकटतम प्रतिद्वन्द्वी काङ्ग्रेसकी सङ्गीताकुमारी रायले सात हजार २९९ मत प्राप्त गर्नुभएको छ । छ वडा रहेको बर्जुमा पाँचमा एमाले र एउटामा काँग्रेस विजयी भएको छ । 

 

प्रकाशित मिति : ६ जेष्ठ २०७९, शुक्रबार  ७ : २९ बजे