आन्तरिक हवाई उडानमा अत्यधिक चाप

मुलुकका विभिन्न क्षेत्रमा आज वर्षाको सम्भावना

काठमाडौँ । आज दिउँसो मुलुकका विभिन्न क्षेत्रमा वर्षा हुने भएको छ । 

मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १, बागमती, गण्डकी र  अन्य प्रदेशका पहाडी भू–भागका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । 

हाल नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेको छ ।

बिहान पनि बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ ।

राति प्रदेश १, मधेस  प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानमा मेघ गर्जन र चट्याङ हावाहुरीसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

शनिवार प्रदेश १, मधेस  प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशमा र  अन्य प्रदेशका पहाडी भू–भागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

आइतबार पहाडी भू–भागका केही स्थानमा वर्षाको सम्भावना छ । 

आगामी तीन दिनको मौसम पूर्वानुमान
​​​​​​​२०७९ जेठ ६ गते (शुक्रवार)
दिउँसो :
प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही देशका  बाँकी भू-भागमा आंशिक बदली रहनेछ।

प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेशमा र अन्य प्रदेशका पहाडी भू-भागका धेरै स्थानमा मेघ गर्जन / चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

राती : प्रदेश १, मधेस  प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली र देशका  बाँकी  भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।

प्रदेश १, मधेस  प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरूमा मेघ गर्जन /चट्याङ हावा हुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

२०७९ जेठ ७ गते (शनिवार)
दिउँसो :
प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत देशका अन्य पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ।

प्रदेश १, मधेस  प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशमा र  अन्य प्रदेशका पहाडी भू-भागका केही स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

राती : प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली र देशका बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।

प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश,कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा मेघ गर्जन / चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

 २०७९ जेठ ८ गते (आइतबार)
दिउँसो :
देशका पहाडी भू-भागमा आंशिकदेखि  सामान्य बदली रही देशका  बाँकी भू-भागमा आंशिक बदली रहनेछ। 

प्रदेशका पहाडी भू-भागका केही स्थानमा मेघ गर्जन / चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। प्रदेश १, मधेस प्रदेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही  स्थानमा  गर्जन / चट्याङ  र  हावा हुरी सहित हल्कादेखि मध्यम वर्षाको पनि सम्भावना रहेको छ।

राती : देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही देशका  बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। 

प्रदेश १, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघ गर्जन / चट्याङ हावा हुरीसहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ। साथै अन्य प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा  मेघ गर्जन / चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

 

 

प्रकाशित मिति : ६ जेष्ठ २०७९, शुक्रबार  ७ : १५ बजे