नेकपा (एस) का वडा अध्यक्ष उम्मेदवारलाई जम्मा एक भोट

काठमाडौँ – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालको गृहजिल्ला रौतहटमा उनकै पार्टीका वडा अध्यक्षका उमेद्वारले जम्मा एक भोट पाएका छन् ।

गुजारा नगरपालिका वडानम्बर ३ का  नेकपा (एकीकृत समाजवादी) बाट वडा अध्यक्षका उमेद्वार बनेका दीपक चौधरीले जम्मा एक भोट पाएका हुन् ।

वडामा समाजवादीले जम्मा एक भोट प्राप्त गर्दा एमालेका गजेन्द्र चौधरी वडाध्यक्षमा निर्वाचित भएका छन् । एमालेका चौधरीले ५ सय ३० मत प्राप्त गरेर वडाध्यक्षमा निर्वाचित भएका थिए।  उनका निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार ईश्वर प्रधानले ५ सय २२ मत प्राप्त गरेका थिए ।

चौधरी दोस्रो पटक वडाध्यक्षमा निर्वाचित भएका हुन् ।

 

प्रकाशित मिति : ५ जेष्ठ २०७९, बिहिबार  ७ : २६ बजे