आन्तरिक हवाई उडानमा अत्यधिक चाप

छुटेको बाकस गन्दा मत बराबर

काठमाडौँ – बर्दिबास ८ मा छुटेको एउटा बाकस गन्दा मत बराबर भएकाे छ । 

नेकपा एमालेका रुद्रबहादुर किङरिङ मगर र  माओवादीका शमशेरसिंह लामाकाे मत बराबर भएकाे हाे ।  

यस अघि महोत्तरीको बर्दिबास नगरपालिका– ८ मा मतगणना सम्पन्न भएको भन्दै माओवादीका उम्मेदवारलाई निर्वाचित भएको घोषणा गरिएको थियो ।  पालिकाकै अन्तिम वडाको मतगणनाका लागि बाकस निकाल्ने क्रममा निर्वाचित वडा नं. ८ को मतपेटिका फेला परेको थियो । 

बिहीबार बिहान राजनीतिक दलसहित निर्वाचन कार्यालयका कर्मचारीहरू गणनाका लागि मतपेटिका राखेको स्थानमा पुगेर अन्तिम बचेको बाकस हेर्दा वडा नं. ८ को रहेको पाइएको थियो । 

भेटिएकाे बाकस गन्दा दुबैकाे मत ७६८  भएपछि गोलाप्रथाबाट समशेर सिंह(माओवादी केन्द्र) का बिजय  नै बिजेता बने। 

यस अघिको समाचारमा मत बराबर हुनु पर्नेमा १ मतले एमालेका उम्मेदवार विजयी भएकोले सच्याइएको छ । सम्पादक 

प्रकाशित मिति : ५ जेष्ठ २०७९, बिहिबार  ५ : ५३ बजे