दसैँमा गाउँ नै रमाइलो….

चाडपर्वमा पनि बलेनन् सडकबत्ती

रतन टाटाको निधन

यौनहिंसाको घटनामा विवादित बनेपछि माल्भिकाले मागिन् माफी

काठमाडौँ । पूर्वमिस नेपाल माल्भिका सुब्बाले सामाजिक सञ्जालमार्फत माफी मागेकी छन्।

सामाजिक सञ्जाल टिकटकमार्फट पीडितले आफूमाथि बलात्कार भएको विषयमा सुब्बालाई भन्दा वेवास्ता गरेको आरोप लगाएकी थिइन्। पीडितको कुरापछि सामाजिक सञ्जालमा सुब्बामाथि धेरैले नकारात्मक प्रतिक्रिया दिएपछि उनले फेसबुकमा लामो पोष्ट लेख्दै माफी मागेकी छन्। 

सामाजिक सञ्जालमा सुब्बाले पीडितलाई सम्बोधन गर्दै लेखेकी छन्, ‘म माफी माग्न चाहान्छु, मलाई राम्रोसँग याद छैन, उनीमाथि भएको के थियो भनेर तर मलाई याद छ तिमीले मलाई फोन गरेकी थियौ र कुरा गर्न खोजेकी थियौ तर त्यो समयमा तिमीलाई सहयोग गर्न सकिन। जुन समयमा तिमीलाई मेरो आवश्यक्ता थियो।’

उनले लेखेकी छन्, ‘यो माफी दिन योग्य छैन र मैले तिमीबाट यो आशा पनि गरेकी छैन। म माफी माग्न चाहान्छु त्यो समयमा मैले तिमीलाई राम्रोसँग सुनिन र विश्वास गरिन र सहयोग पनि गरिन। 
त्यसैले तिमी मप्रति रिसाउनु जायज छ यो सबै कुराको लागि म योग्य छु। मैले सामाजिक सञ्जालमा तिम्रो पोष्टहरु हेरेपछि त्यसपछि तिमीले भोगेका कुराहरुको लागि म जिम्म्ेवार छु। मलाई थाहा छ, अहिले धेरै ढिला भैसकेको छ। तर अब तिम्रो लागि मैले जे गर्न सक्छु त्यो गर्नका लागि म तयार छु।’ 

त्यस्तै उनले सबैलाई सम्बोधन गर्दै लेखेकी छन्,

‘सायद यो ८,९ वर्ष अगाडिको कुरा हुनु पर्छ उनले मलाई फोन गरेकी थिइन्। त्यो बेला मलाई लागेको थियो उनले आफुनो हैन अरु अरुको कुरा सुनाएकी थिइन्। म सबैसँग माफी माग्न चाहान्छु। यो सबै कुरा आइसकेपछि मैले अब त्यो कार्यक्रम ९इभेन्ट० र आयोजकसँगको सबैखाले सम्बन्ध चाँडै तोड्दै छु। म सम्झिन्छु कि त्यो समयमा तनावसँग जुधिरहँदा त्यो कति खराब स्थान हो। त्यसलगत्तै वैवाहिक सम्बन्ध छोडिरहेको थिएँ र म आफैँ सहयोगको खोजीमाा थिएँ। अहिले मलाई लाग्छ मेरो त्यतिखेरको क्रियाकलाप वा चाल्नुपर्ने कदम चाल्न नसकेकोमा मेरो ठूलो गल्ती हो। जसले उनीमाथिको अन्यायलाई प्रश्रय दिन योगदान गर्यो।’

माल्भिकाले अगाडि लेखेकी छन्, ‘मैले त्यतिबेला उनीसँग लामो कुराकानी गर्नुपर्थ्यो। उनलाई भेट्नुपर्थ्यो र उनको हात समाएर अंकमाल गर्नुपर्थ्यो। म उनीसँगै हुनुपर्थ्यो। मैले केही न केही गर्नुपर्थ्यो। उनले भनेजस्तै एकपटक सोध्नुपर्थ्यो कि तिमीलाई ठीक छरु तर मैले गरिनँ। यो ८ वर्षमा मैले यी कुरा गर्नुपर्थ्यो। खासगरी मी२ आन्दोलन चलिरहँदा तर फेरि पनि मैले गरिनँ। त्यसकारण मेराप्रति आउने घृणाभावको लागि म योग्य छु। किन कि एक महिलाको हिसाबले, एक मानवको हिसाबले। तर म यसमा असफल रहेँ।’

प्रकाशित मिति : ५ जेष्ठ २०७९, बिहिबार  ५ : ५० बजे