‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

काभ्रेमा ६ वटा स्थानीय तहको मत गणना सम्पन्न

काभ्रेपलाञ्चोक। काभ्रेको १३ वटा स्थानीय तहहरु मध्ये ६ वटा स्थानीय तहको मत गणना सम्पन्न भएको छ । 

जिल्लाको नमोबुद्ध नगरपालीका, बनेपा नगरपालिका , मण्डनदेउपुर नगरपालिका, चौँरीदेउराली गाउँपालिका र खानीखोला गाउँपालिका र भुम्लु गाउँपालिकाको मत गणना सम्पन्न भएको छ । जिल्लामा अधिकांश स्थानीय तहको प्रमुख÷उप–प्रमुख, अध्यक्ष÷उपाध्यक्षमा गठबन्धनका उम्मेदवारले जित हासिल गर्नु भएको छ । 

नमोबुृद्ध नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका कुन्साङ लामा र उपप्रमुखमा माओवादी केन्द्रका रत्नबहादुर लामा विजयी हुनु भएकाे छ । प्रमुखमा विजयी लामाले निकटम प्रतिस्पर्धी एमालेका राजन भुर्तेललाई ५ हजार ३८९ मतान्तरले पराजित गर्नुभएको हो । लामाले ११ हजार २११ र भुर्तेलले ५ हजार ८२२ मत प्राप्त गर्नुभएको छ । उपप्रमुखमा निकटतम प्रतिस्पर्धीलाई १ हजार ६४४ मतले पछि पार्दै गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार रत्नबहादुर लामा विजयी हुनुभयो । लामाले ८ हजार १८७ र एमालेकी सम्झना लामाले ६ हजार ५४३ मत प्राप्त गर्नुभयो ।
यसैगरी बनेपा नगर प्रमुखमा नेपाली काँग्रेसका उम्मेदवार शान्ति शाक्य विजयी  हनु भएको छ । उहाँ १३ हजार ७ सय ९३ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका रत्न कुश रंजितकारले ११ हजार ८ सय ३५ मत प्राप्त गर्नुभएको छ । उप–प्रमुखमा भने नेकपा एमालेकी उम्मेदवार विमला सापकोटा दाहाल विजयी हुनुभएकाे छ । दाहाल ११ हजार ९ सय ९२ मत ल्याएर विजयी हुनुभएकाे हाे  । उहाँका निकटतम प्रतिद्वन्दी गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका रगुवर चौ प्रधानले   १० हजार ५ सय १५ मत प्राप्त गर्नुभयाे  ।

यसगैरी  जिल्लाकाे  अर्काे नगर मण्डनदेउपुर  नगरको प्रमुखमा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष टोकबहादुर वाइवा विजयी हुनुभएको छ । वाइवाले उहाँका प्रतिद्वन्दी एमालेका विदुर सापकोटलाई १ हजार ५५ मतले हराउनुभएको हो ।

 नगर प्रमुख पदमा वाइबाले ९ हजार ४ सय ६ मत ल्याउँदा उहाँका प्रतिस्पर्धी एमालेका उम्मेदवार विदुर सापकोटाले ८३५१ मत ल्याउनुभएको छ । यहाँ उप–प्रमुखमा नेपाली कांग्रेसले जितेको छ । कांग्रेसका उम्मेदवार विष्णुमणी नेपाल भारी मतान्तरका साथ विजयी  हुनुभयाे । नेपालले उहाँका प्रतिद्वन्दी नेकपा एमालेकी उम्मेदवार सरिता ढकाललाई ४ हजार ३ सय ८१ मतान्तरले पराजित गर्नुभएकाे हाे । उप–प्रमुखका विजयी विष्णुमणि नेपालले ११३०५ मत ल्याउनुभएकाे छ । उहाँका प्रतिस्पर्धी एमालेकी सरिता ढकालले ६९२४ मत ल्याउनु भयाे  ।

चौँरीदेउराली गाउँपालिकामा गठबन्धनबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार रेणुका चौलागाई गाउँपालिका अध्यक्षमा निर्वाचित हुनुभएकाे छ । रेणुकाले उहाँका प्रतिद्वन्दी एमालेका जितराम लामालाई ७ सय ६५ मतले हराउनु भएकाे हाे । रेणुका ६२२८ मत पाएर निर्वाचित हुनुभएकाे छ भने उहाँका प्रतिद्धन्दी एमालेका जितराम लामाले ५४६३ मत पाउनु भएकाे छ। गाउँपालिकाको उपाध्यक्षमा गठबन्धनबाट नेपाली कांग्रेसको उम्मेदवार शेर बहादुर लामा निर्वाचित हुनुभएकाे छ । लामा भारी मतले विजयी हुनुभएकाे हाे  । लामाले उहाँका प्रतिद्वन्दी एमालेकी बविता खरेल गौतमलाई ३ हजार ६ सय ७० मतले हराउनु भएकाे छ । लामाले ७२१९ मत पाउनुभएकाे छ भने उहाँको प्रतिद्धन्दी नेकपा एमालेकी बविता खरेल गौतमले ३५४९ मत पाउनुभएकाे छ ।

खानीखोला गाउँपालिकाको अध्यक्षमा गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका इन्द्रबहादुर थिङ (छिन्ताङ) र उपाध्यक्षमा कांग्रेसका दोर्जेमान जिम्वा बिजयी हुनुभएकाे छ । अध्यक्षमा निर्वाचित थिङले ४ हजार ४ सय ८५ मत र उहाँका निकटतम प्रतिस्पर्धी एमालेका शेखर लामाले ३ हजार १ सय ५६ मत पाउनुभयाे । अध्यक्षमा थिङ्ले १३३० मतान्तरले जित्नुभएकाे हाे । पालिकाको उपाध्यक्षमा जिम्वाले ४ हजार ३ सय २७ मत र एमालेकी रुकमणी गुरुङले २ हजार ९ सय ८७ मत प्राप्त गर्नुभयाे  । जिम्बाले १३४१ मत अन्तरले जित्नुभएकाे हाे ।

 भुम्लु गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्र का प्रेम बहादुर भुजेल र उपाध्यक्षमा नेपाली कांग्रेसका जितेन्द्र मान तामाङ्ग विजयी हुनुभएकाे छ । नेकपा (माओवादी केन्द्र) का भुजेलले नेकपा एमालेका प्रेम कुमार लामा (दोङ्ग) लाई १ हजार २ सय २४ मतले पराजित गर्नुभएकाे हाे । भुजेलले ५,७९२ मत प्राप्त गर्नुभएकाे थियाे भने प्रतिस्पर्धी लामाले ४,५६८ मत प्राप्त गर्नुभएकाे  थियाे । गाउँपालिका उपाध्यक्षतर्फ नेपाली कांग्रेसका जितेन्द्र मान तामाङ्गले २ हजार ६९ मतले विजयी हुनुभएकाे छ । तामाङ्गले ६,०९८ मत प्राप्त गर्नुभएकाे थियाे भने उहाँका प्रतिस्पर्धी नेकपा एमालेका कल्पना कुमारी श्रेष्ठले ४,०२९ मत प्राप्त गर्नुभएकाे छ।

जिल्लाको धुलिखेल नगरपालिका, पनौती नगरपालिका, पाँचखाल नगरपालिका, बेथानचोक गाउँपालिका, रोशी गाउँपालिका, महाभारत गाउँपालिका र तेमाल गाउँपालिका गरी ७ वटा पालिकाको अन्तिम मत परिणाम आउन बाँकी रहेको निर्वाचन आयोग काभ्रेले जनाएको  छ । 

प्रकाशित मिति : ५ जेष्ठ २०७९, बिहिबार  ५ : ०४ बजे