धनगढी उपमहानगरमा हमालकाे अग्रता कायमै

धनगढी । धनगढी उपमहानगरपादिकाकाे मेयरमा स्वतन्त्र उम्मेद्वार गाेपाल हमालले दाेब्बर मतले अग्रता लिइरहनु भएकाे छ ।

पछिल्लाे मतपरिणाम अनुसार हमालले १५ हजार ४२८ मत प्राप्त गर्नु भएकाे छ । उहाँलाई नेपाली काँग्रेसका नृप बहादुर वड ७ हजार ५९६ मतका साथ पछ्याइरहनु भएकाे छ ।

यस्तै नेकपा एमालेका रणबहादुर चन्दले ३ हजार ५१३ मत प्राप्त गर्नु भएकाे छ । यसैगरी उपमेयरमा नेकपा माअाेवादी केन्द्रका शान्ति अधिकारीले ६९८३ मत र नेकपा एमालेका कन्दकला रानाले ६ हजार ९६ मत प्राप्त गर्नु भएकाे छ । धनगढी उपमहानगरमा कुल ६३ हजार ७१५ मत खसेकाेमा हालसम्म ३३ हजार ६५२ मत गणना पूरा भएकाे छ ।

प्रकाशित मिति : ५ जेष्ठ २०७९, बिहिबार  ४ : ५२ बजे