प्रदेश सांसदबाट राजीनामा दिएका कांग्रेसका नेता उपेन्द्र कुशावाहा मेयरमा पराजित

जनकपुरधाम । मधेस प्रदेशको सांसद पदबाट राजीनामा दिएर मेयरमा चुनाव लडेका नेपाली कांग्रेसका नेता उपेन्द्र कुशावाहा पराजित हुनु भएको छ ।

कुशवाहा सर्लाहीको गोडैता नगरपालिकाको मेयरमा चुनावमा होमिनु भएको थियो । उहाँलाई लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका देवेन्द्रकुमार यादवले पराजित गरेका हुन् ।

मेयरमा निर्वाचित यादवले ५ हजार २९४ मत ल्याएका छन् । कुश्वाहाले ४ हजार ७५२ मा समेटिए । उहाँ २०७४ को निर्वाचनमा पनि मेयरमा पराजित हुनु भएको थियो ।

प्रकाशित मिति : ५ जेष्ठ २०७९, बिहिबार  ४ : २५ बजे