कर्जन्हा नगरपालिकाको मेयरमा एमालेका उम्मेदवार विजयी

सिरहा । कर्जन्हा नगरपालिकाको मेयरमा एमालेका उम्मेदवारले विजयी हासिल गर्नुभएको छ । नगरपालिकाको मेयरमा एमाले र  उपप्रमुखमा जनता समाजवादी पार्टीका उम्मेदवार निर्वाचित हुनुभएको हो ।  

मेयरमा भोलाप्रसाद पोखरेल र उपमेयरमा जनता समाजवादी पार्टी जसपा, नेपालकी लक्ष्मीकुमारी श्रेष्ठ निर्वाचित हुनुभएको छ । पोखरेललले तीन हजार आठ सय ३९ र उपप्रमुखमा विजयी श्रेष्ठले तीन हजार चार सय ८७ मत ल्याउनुभएको छ । 

उहाँका निकटतम प्रतिस्पर्धीहरू जसपाका केशवप्रसाद साहले तीन हजर दुई सय २३ र नेकपा माओवादीका उम्मेदवार तथा नविर्तमान मेयर गंगा पासवानले दुई हजार चार सय ८२ मत प्राप्त गर्नुभयो । उपमेयर श्रेष्ठकी निकटतम प्रतिस्पर्धी नेकपा एमालेकी निर्मलाकुमारी देवी पासवानले तीन हजार ९५ मत र नेकपा माओवादी केन्द्रका उम्मेदवार तथा नविर्तमान उपमेयर ज्ञानु कुमारी श्रेष्ठले दुई हजार चार सय ५६ मत प्राप्त गर्नुभयो । 
नगरपालिकाको ११ वडामध्ये पाँच वडामा नेकापा एमाले, तीनमा जसपा, एक एकमा माओवादी केन्द्र, नेकपा, एकीकृत समाजवादी र स्वतन्त्र वडा अध्यक्ष निर्वाचित हुनुभएको छ । 

यस नगरपालिकामा २०७४ सालको स्थानीय तह निर्वाचनमा प्रमुख, उपप्रमुखसहित बहुमत वडामा माओवादी केन्द्रले विजयी हाससल गरेको थियो । यसपटक माओवादी तेस्रो स्थानमा पुगेको छ ।

प्रकाशित मिति : ५ जेष्ठ २०७९, बिहिबार  २ : ४७ बजे