पोखरा । पोखरा महानगरपालिकाको मेयरमा नेकपा एकीकृत समाजवादीले आफ्नो मतान्तर फराकिलो बनाउँदै लगिरहेको बेला उपमेयरमा भने एमाले अगाडी लाग्न सुरु भएको छ । पोखरामा हालसम्म ५२ हजार ८१७ मत गणना भइसक्दा मेयरका उम्मेदवार गठबन्धनका धनराज आचार्यले २ हजार ४९५ मतान्तर बनाउनुभएको छ ।
उहाँले हालसम्म २१ हजार ८८० मत पाउनुभएको छ । उहाँलाई पछ्याइरहनु भएका नेकपा एमालेका कृष्ण थापाले १९ हजार ३८८ मत पाउनुभएको छ । मेयरकै दौडमा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टीका शंकर खरालले २ हजार १८६ मत पाउनुभएको छ । त्यसैगरीइ अटेरी अभियानमार्फत स्वतन्त्र उम्मेदवारी दिनुभएका खडकराज पौडेल ‘गनेस’ले १ हजार १८३ मत ल्याउनुभएको छ ।
महानगरको उपप्रमुखमा भने एमाले र कांग्रेसबीच रोचक प्रतिस्पर्धा छ । गठबन्धनबाट उम्मेदवार बन्नुभएकी नेपाली कांग्रेसकी कोपिला रानाभाट र नेकपा एमालेकी मञ्जुदेवी गुरुङबीच थोरै मत अन्तर मात्रै छ । रानाभाटलाई एमाले उम्मेदवार गुरुङले ९ मतले मात्रै पछाडि पार्नुभएको छ । ४५ हजार मत गन्दासम्म उपमेयरमा कांग्रेसले अग्रता लिइरहेको थियो । अब भने एमालेले उपमेयरलाई पछी पार्न सुरु गरेको हो ।
प्रकाशित मिति : ५ जेष्ठ २०७९, बिहिबार २ : २९ बजे
प्रतिक्रिया