गठबन्धनलाई हराउँदै सुनवलमा एमाले विजयी

परासी । पश्चिम नवलपरासीको सुनवल नगरपालिकामा एमालेले गठबन्धनलाई पराजित गरेको छ ।

निर्वाचन आयोगका अनुसार एमाले उम्मेदवार विमला अर्याल १४,८३८ मत ल्याई विजयी हुनुभएको छ । उहाँले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेस उम्मेदवार अर्जुनकुमार पोखरेललाई ३,२१८ मतान्तरले पराजित गर्नुभयो । पराजित अर्जुनकुमार पोखरेलले ११,६२० मत पाउनुभयो ।

यस्तै उपप्रमुखमा पनि एमालेकै सूर्यप्रसाद दुवे १३,७९८ मत सहित विजयी हुनुभयो । माओवादी केन्द्रका उम्मेदवार लेखनाथ खरेलले ८,८९० मत पाउनुभयो ।

प्रकाशित मिति : ५ जेष्ठ २०७९, बिहिबार  २ : १७ बजे