आन्तरिक हवाई उडानमा अत्यधिक चाप

यशोधरा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा एमाले निर्वाचित

कपिलवस्तु । कपिलवस्तुको यशोधरा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा एमालेले जित हासिल गरेको छ । एमालेबाट उठ्नुभएका अध्यक्षमा शिवदयाल तिवारी र उपाध्यक्षमा गुन्जादेवी मौर्या निर्वाचित हुनुभएको हो । 

तिवारीले ४ हजार ४ सय ६२ मत प्राप्त गर्नुभयो भने उहाँका निकटतम प्रतिस्पर्धी कांग्रेसका अनुपकुमार पाण्डेयले ३ हजार २ सय मत प्राप्त गर्नुभयो  । त्यस्तै उपाध्यक्षमा निर्वाचित मौर्याले ४ हजार ४५ मत ल्याउनुभयो भने निकटतम प्रतिस्पर्धी कांग्रेसकी बिन्द्रावती यादवले ३ हजार २३७ मत प्राप्त गर्नुभयो । 

यशोधरा गाउँपालिकामा एमालेले अध्यक्ष र उपाध्यक्षसहित तीनवटा वडा जितेको छ । ८ वटा वडा रहेको गाउँपालिकामा कांग्रेसले दुई, जनता समाजवादीले एक, जनमत पार्टीले एक र स्वतन्त्र उम्मेदवारले एक वडाध्यक्ष जितेका छन् ।

प्रकाशित मिति : ५ जेष्ठ २०७९, बिहिबार  १ : ५८ बजे