एकडारामा जसपाको नेतृत्व

जलेश्वर।  महोत्तरीको एकडारा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा जनता समाजवादी पार्टीको नेतृत्व चुनिएको छ । अध्यक्षमा दिपनारायण मण्डलले ४ हजार ४९९ मत ल्याएर विजयी हुनुभएको छ ।

उहाँका प्रतिस्पर्धी लोकतान्त्रिक समाजवादी पार्टी नेपालका रामछविला साहले दुई हजार ४११ मत प्राप्त गर्नुभएको छ । त्यसैगरी उपाध्यक्षमा महजबी खातुनले चार हजार ७७१ मत ल्याएर विजयी हुनुभएको छ । 

महजवी लगातार दोस्रो पटक उपाध्यक्षमा निर्वाचित हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी लोसपा नेपालकी रौकसाना खातुनले २ हजार ७६ मत प्राप्त गर्नुभएको छ । 

प्रकाशित मिति : ५ जेष्ठ २०७९, बिहिबार  १ : २९ बजे