गठबन्धनलाई हराउँदै भेरीगंगामा एमाले विजयी

सुर्खेत । सुर्खेतको भेरीगंगा नगरपालिकामा कांग्रेस र माओवादी केन्द्रको गठबन्धनलाई हराउँदै एमालेका उम्मेदवार विजयी भएका छन्। गठबन्धनलाई हराउँदै नगर प्रमुखमा एमालेका यज्ञप्रसाद ढकाल विजयी हुनुभएको हो । 

ढकालले १० हजार १२ मत ल्याएर विजयी हुनुभएकधो छ । उहाँका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रामप्रसाद सिंहले ९ हजार ७९७ मत ल्याएर परजित हुनुभएको छ । 

उपप्रमुखमा एमालेका धनसरा बोहोरा विजयी हुनुभएको छ । बोहोराले ९ नौ हजार ६१४ मत ल्याएर विजयी हुँदा गठबन्धनबाट उम्मेद्वार बनेका माओवादी केन्दका नन्दबहादुर कार्की ८ हजार ९१३ मत ल्याएर पराजित हुनुभयो । 

प्रकाशित मिति : ५ जेष्ठ २०७९, बिहिबार  १२ : ३८ बजे