दसैँमा गाउँ नै रमाइलो….

चाडपर्वमा पनि बलेनन् सडकबत्ती

रतन टाटाको निधन

सिंहदरबारभित्र गुप्तचर कर्मचारीको मृत्यु

काठमाडौं – हावाहुरीका कारण भाँचिएको रुखको हाँगाले लागेर सिंहदरबारभित्र राष्ट्रिय अनुसन्धान विभाग (गुप्तचर) का एक कर्मचारीको मृत्यु भएको छ ।

बुधबार राति आएको हावाहुरीका कारण सिंहदरबारभित्र रहेको गुप्तचर कार्यालयको कम्पाउण्डमा रहेको रुखको हाँगा भाँचिएर राअविका सूचक विजय कार्कीको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले जानकारी दिनुभयो ।

रुखको हाँगाले लागेर पाल्पा घर भएका २७ वर्षीय सूचक गम्भीर घाइते हुनुभएको थियो । उहाँलाई उपचारका लागि नयाँ बानेश्वरस्थित सिभिल अस्पताल पु¥याइएको थियो । उपचारको क्रममा राति ११ बजे उनको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

कार्कीको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको एसपी मैनालीले बताउनुभयो ।

प्रकाशित मिति : ५ जेष्ठ २०७९, बिहिबार  १२ : १८ बजे