बारा । मधेस प्रदेशको पहिलो आर्थिक नगरी रुपमा परिचित जीतपुर सिमरा उपमहानगरपालिकामा पाँच दलीय गठबन्धनको तर्फबाट नगरप्रमुखमा नेकपा माओवादी केन्द्रका राजन पौडेल १८ हजार ७ सय ४३ मत ल्याई विजयी हुनुभएको छ ।
निर्वाचन अधिकृत टिकामणि न्यौपानेका अनुसार उहाँले नेकपा एमाले की नगरप्रमुखका उम्मेदवार सरस्वती चौधरीलाई ९ सय ६४ मतले पराजित गर्नुभएको हो । चौधरीले १७ हजार ७ सय ९ मत प्राप्त गर्नुभयो ।
यता गठबन्धनको उपप्रमुख उम्मेदवार मेघा शाहीलाई पछि पार्दै नेकपा एमालेका उपप्रमुखका उम्मेदवार भोलाल अधिकारीले जित हासिल गनूृभएको छ । १ हजार ६ सय ५० मताअन्तरले अधिकारीले जित हासिल गर्नुभएको हो ।
अधिकारीले १७ हजार ४ सय ९२ मत प्राप्त गर्नु भयो भने गठबन्धन कि उपप्रमुख मेघा शाहीले १५ हजार ८ सय ४२ मत ल्याउनु भयो । २०७४ सालको निर्वाचनमा यहाँ नेकपा एमालेका डाक्टर कृष्ण पौडेलले नगरप्रमुखमा जित प्राप्त गर्नुभएको थियो । अहिले एमालेको प्रमुखको उम्मेदवार रहनुभएकी चौधरी २०७४ सालको स्थानीय निर्वाचनमा उपप्रमुखमा निर्वाचित हुनु भएको थियो ।
प्रकाशित मिति : ५ जेष्ठ २०७९, बिहिबार १२ : ०६ बजे
प्रतिक्रिया