गगन थापाको निर्वाचन क्षेत्रमा एमालेका उम्मेदवारहरु विजयी

काठमाडौँ – नेपाली काँग्रेसका महामन्त्री गगन थापाको निर्वाचन क्षेत्रमा नेकपा (एमाले)ले विजय हासिल गरेको छ ।

थापाले २०७४ सालको संसदीय निर्वाचन जितेको काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ मा पर्ने बूढानीलकण्ठ नगरपालिकाको मेयर, उपमेयर, ८ वटा वडा र काठमाडौँ महानगरपालिकाका ४ वटा वडामा एमाले विजयी भएको हो ।

काठमाडौंको निर्वाचन क्षेत्र नम्बर ४ मा २०७४ को संसदीय निर्वाचनको समयमा काँग्रेसका थापा र एमालेका राजन भट्टराईबीच तीब्र प्रतिस्पर्धा भएको थियो ।उक्त निर्वाचनमा थापाले २१ हजार ५५८ मत ल्याएर विजयी भएका थिए भने उनका प्रतिस्पर्धी एमालेका राजन भट्टराईले १८ हजार १४० मत ल्याएर पराजय हुनुपरेको थियो । 

प्रकाशित मिति : ५ जेष्ठ २०७९, बिहिबार  ११ : ४८ बजे