जुम्लाको गुठीचौरमा कांग्रेस र समाजवादी विजयी

जुम्ला । जुम्लाको गुठीचौर गाउँपालिका अध्यक्षमा नेपाली कांगेसका दानबहादुर बुढा विजयी हुनुभएको छ । कांग्रेसका बुढाले १७७५ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँका प्रत्यासी एकिकृत समाजवादीका उम्मेदवार जनक थकालीले १६०४ मत प्राप्त गर्नुभयो। उपप्रमुखमा एकिकृत समाजवादीका शान्ति कुमारी मल्ल भण्डारी विजयी हुनुभएको छ । 

भण्डारीले १५०३ मत प्राप्त गर्नुभयो ।  उहाँका प्रत्यासी नेकपा माओवादी केन्द्रका उम्मेदवार राजकन्य बुढाले १२१४ मत प्राप्त गर्नुभएको छ । 

गुठीचौरमा ०७४ को स्थानीय तहको निर्वाचनमा नेकपा माओवादी केन्द्रका हरिबहादुर भण्डारी र माओवादीकै जानदेवी ऐडी निर्वाचित हुनुभएको थियो । दोस्रो स्थानीय तहको निर्वाचनमा गुठीचौरमा ५ हजार एक सय मत खसेको निर्वाचन अधिकृत शम्भु गौतमले बताउनुभयो । 

प्रकाशित मिति : ५ जेष्ठ २०७९, बिहिबार  ११ : २३ बजे