रुकुमपूर्वको पुथा उत्तरगङ्गामा माओवादी केन्द्र विजयी

रुकुमपूर्व । पुथाउत्तरगङ्गा गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) विजयी भएको छ ।  

अध्यक्षमा पुनिराज घर्ती र उपाध्यक्षमा भूपेन्द्रा बुढा विजयी हुनुभएको छ । घर्तीले तीन हजार ९१३ तथा बुढाले चार हजार ५९ मत प्राप्त गर्नुभयो । अध्यक्षमा प्रतिद्वन्द्वी नेपाली कांग्रेसका तेजेन्द्र बुढाले दुई हजार ११३ तथा उपाध्यक्षमा कांग्रैसकै कमलाकुमारी मल्लले दुई हजार १० मत प्राप्त गर्नुभयो । 

चौध वडा रहेको गाउँपालिकामा ११ मा माओवादी केन्द्र विजयी भएको छ भने एक÷एक वडामा एमाले र कांग्रेसले जितेका छन् । एउटा वडामा एमाले र कांग्रेसको गठबन्धनले जित हासिल गरेको छ । पुथा उत्तरगङ्गामा २०७४ को चुनावमा पनि माओवादी केन्द्रले १० वडामा तथा  एमाले र कांग्रेसले दुई दुई वडामा जित हासिल गरेका थिए ।
 

प्रकाशित मिति : ५ जेष्ठ २०७९, बिहिबार  ११ : १९ बजे