तिलाठी कोइलाडीमा कांग्रेस उम्मेदवार निर्वाचित

सप्तरी। सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार निर्वाचित हुनुभएको छ ।  

अध्यक्षमा अरुणकुमार मण्डल र उपाध्यक्षमा फुलकुमारी साह निर्वाचित हुनुभएको हो । मण्डलले पाँच हजार ४५७ मत प्राप्त गर्नुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक समाजवादी पार्टीका सतिशकुमार सिंहले तीन हजार ५७५ मत प्राप्त गर्नुभयो । सिंह निर्वतमान अध्यक्ष हुनुहुन्छ । 

उपाध्यक्षमा निर्वाचित साहले तीन हजार ६८१ मत प्राप्त गर्नुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक समाजवादी पार्टीकी रेणु मण्डलले दुई हजार ९०४ मत पाउनुभयो । 
 

प्रकाशित मिति : ५ जेष्ठ २०७९, बिहिबार  ११ : १४ बजे