मध्यविन्दु नगरपालिकाको प्रमुख र उपप्रमुखमा एमाले विजयी

नवलपुर। नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को मध्यविन्दु नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा (एमाले)का उम्मेदवार निर्वाचित भएका छन् । 

प्रमुखमा एमालेका भीमलाल अधिकारी निर्वाचित हुनुभएको छ । अधिकारीले १६ हजार २१२ मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका सूर्यबहादुर गुरुङले १४ हजार ६४५ मत प्राप्त गर्नुभयो । 

उपप्रमुखमा एमालेकै पूर्णकला चौधरी निर्वाचित हुनुभएको छ । चौधरीले १६ हजार १२२ मत प्राप्त गरी निर्वाचित हुँदा उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसकी टीककुमारी महतोले १४ हजार ६२४ मत प्राप्त गर्नुभयो । पन्ध्र वडा रहेको मध्यविन्दुमा १० वडामा एमाले तथा पाँचमा कांग्रेस निर्वाचित भएको छ । 

प्रकाशित मिति : ५ जेष्ठ २०७९, बिहिबार  १० : ४८ बजे