हालसम्म ५ सय ४० पालिकाको अन्तिम परिणाम सार्वजनिक

काठमाडौँ । स्थानीय तह निर्वाचन अन्तरगत जारी मतगणनामा हालसम्म ५ सय ४० वटा पालिकाको अन्तिम परिणाम सार्वजनिक भएको छ ।

प्राप्त पछिल्लो विवरण अनुसार नेपाली काँग्रेसले २ सय ४३, नेकपा एमालेले १ सय ५२, नेकपा माओवादी केन्द्रले १ सय २, नेकपा एकीकृत समाजवादीले १७ र अन्यले २६ स्थानमा प्रमुख वा अध्यक्ष पदमा विजय हासिल गरेको निर्वाचन आयोगले जनाएको छ ।

त्यसैगरी, उपाध्यक्ष तथा उपप्रमुखमा नेपाली काँग्रेसले २ सय २८, नेकपा एमालेले १ सय ५९, नेकपा माओवादी केन्द्रले १ सय ९, नेकपा एकीकृत समाजवादीले १७ र अन्यले २६ स्थानमा विजयी हासिल गरेको निर्वाचन आयोगले जनाएको छ ।

त्यस्तै, वडा अध्यक्ष पदमा नेपाली काँग्रेस २ हजार २ सय ७, नेकपा एमाले १ हजार ७ सय २७, नेकपा माओवादी केन्द्र ९ सय २१, जनता समाजवादी पार्टी १ सय ९२ र अन्य ४ सय ७२ गरी ५ हजार ५ सय १९ जना विजयी हुनुभएको आयोगले जनाएको छ ।

 

प्रकाशित मिति : ५ जेष्ठ २०७९, बिहिबार  ९ : ३० बजे