आन्तरिक हवाई उडानमा अत्यधिक चाप

बाराको प्रसौनी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष एमाले विजयी 

कलैया । बाराको प्रसौनी गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष पदमा नेकपा (एमाले)का उम्मेदवार  विजयी भएका छन् । 

सात वडा रहेको सो पालिकामा अध्यक्षमा विनोद जैसवाल चार हजार ४४८ मत ल्याई विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका सुनिलकुमार कलवारले तीन हजार १२८ मत प्राप्त गर्नुभयो । 

त्यसैगरी, उपाध्यक्षमा किरण देवीले नेपाली कांग्रेसकी निलम साहलाई ७१२ मतान्तरले पराजित गर्नुभयो । किरणले तीन हजार ९८३ तथा निलमले तीन हजार २७१ मत पाउनुभयो । विसं २०७४ को निर्वाचनमा यस पालिकामा लोसपाका भोलाप्रसाद गुप्ता र गीता साह निर्वाचित हुनु भएको थियो ।   

प्रकाशित मिति : ५ जेष्ठ २०७९, बिहिबार  ८ : २४ बजे