आन्तरिक हवाई उडानमा अत्यधिक चाप

दाङको घोराही उपमहानगरपालिकाको प्रमुख र उपप्रमुखमा एमाले विजयी

दाङ । दाङको घोराही उपमहानगरपालिकामा नगरप्रमुख र उपप्रमुखमा  नेकपा (एमाले)विजयी भएको छ । 

प्रमुखमा नरुलाल चौधरी ३१ हजार ७२८ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)का हेमराज शर्माले २६ हजार ३२८ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले जानकारी दिनुभयो । चौधरी  निवर्तमान नगरप्रमुख  हुनुहुन्छ ।

उपप्रमुखमा एमालेकै हुमा डिसी ३० हजार ४०३ मत प्राप्त गरी विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी  काँग्रेसका भुपबहादुर डाँगीले ३० हजार ३५४ मत प्राप्त गर्नुभयो ।

१९ वडामध्ये घोराहीमा वडा नं १, २, ३, ४, ५, ६, ८, ११, १२, १४ र १८ मा एमाले, वडा नं १०, १३, १५, १६ र १९ मा काँग्रेस तथा वडा नं ९ मा माओवादी केन्द्र विजयी भयो । 

उपमहानगरपालिकामा कूल एक लाख १२ हजार ९२७ मतदाता रहेकामा ७६ हजार ५२९ (६७.७६ प्रतिशत) मत खसेको थियो ।

 

प्रकाशित मिति : ५ जेष्ठ २०७९, बिहिबार  ८ : १७ बजे