आन्तरिक हवाई उडानमा अत्यधिक चाप

पोखरा महानगरपालिकामा धनराज आचार्यको अग्रता कायमै

पोखरा ।  पोखरा महानगरपालिकामा एकीकृत समाजवादीले अग्रता कायमै राखेको छ ।

हालसम्म ४७ हजार ५६६ मतगणना हुँदा गठबन्धनबाट उम्मेदवार बन्नुभएका नेकपा एकीकृत समाजवादीका धनराज आचार्यले १९ हजार ६१५ मत पाउनुभएको छ । उहाँलाई नेकपा एमालेका कृष्ण थापा १७ हजार ५१२ मतसहित पछ्याइरहनुभएको छ ।

उपमेयरमा एमालेका मन्जुदेवी गुरुङले २० हजार २ मत पाउनुभएको छ। गठबन्धनका कोपिला रानाभाटको मत १९ हजार ७७४ रहेको छ ।

पोखरामा कुल १ लाख ४३ हजार २२६ मत खसेको थियो । 

 

प्रकाशित मिति : ५ जेष्ठ २०७९, बिहिबार  ८ : १० बजे