तीन प्रदेशमा वर्षाको सम्भावना

अध्यक्ष ओलीको नगरपालिकामा एमालेका प्रमुख तथा उपप्रमुख विजयी

भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिकामा प्रमुख तथा उपप्रमुखमा नेकपा एमालेका उम्मेदवारले विजय हासिल गरेको छ ।

सूर्यविनायक नगरपालिकामा नेकपा एमालेका उम्मेदवार वासुदेव थापाले प्रमुखमा १४ हजार ७ सय ५८ मत प्राप्त गर्नुभएको छ भने उहाँका प्रतिद्धन्दी नेपाली काँग्रेसका मेयर उमेदवार निशान ढुंगेलले १३ हजार २ सय ३२ मत पाउनुभएको छ । मेयर थापाले १५२६ मत बढि ल्याएर काँग्रेसका उमेदवारलाई हराउनुभएको हो । थापाको यो दोश्रो कार्यकाल हुनेछ ।

त्यसैगरी, उपमेयरमा पनि एमालेकै उम्मेदवार सरिता तिम्सिना भट्टराईले विजय हासिल गर्नु भएको छ । उपमेयर भट्टराईले प्रतिद्धन्दीसँग फराकिलो मतसहित विजयी हुनुभएको छ । उहाँले १४ हजार ४ सय ९० मत प्राप्त गर्दै निर्वाचित हुनुभएको छ । उहाँका प्रतिद्धन्दी नेकपा एकीकृत समाजवादीका श्याम सुन्दर बस्नेतले ६ हजार ६ सय ६१ मत पाउनुभएको छ । केहीवेर अघि सकिएको मतगणनामा एमालेले जीत हासिल गरेको पुर्वमन्त्री महेश बस्नेतले चक्रपथलाई जानकारी दिनुभयो।

स्थानीय तहको निर्वाचनमा सूर्यविनायक नगरपालिकामा मेयर, उपमेयर, वडा अध्यक्ष र वडा सदस्य गरि एमालेबाट ३३ जना जनप्रतिनिधिहरु निर्वाचित भएका छन् भने कांग्रेसबाट वडा अध्यक्ष र वडा सदस्य गरि १९ जना निर्वाचित भएका छन् ।

एमाले अध्यक्ष ओलीले स्थानीय तह निर्वाचनमा सूर्यविनायक नगरपालिका वडा नं २ बालकोटमा रहेको महेन्द्र शान्ति माविबाट मतदान गर्नुभएको थियो ।

प्रकाशित मिति : ५ जेष्ठ २०७९, बिहिबार  ७ : ०४ बजे