दसैँमा गाउँ नै रमाइलो….

चाडपर्वमा पनि बलेनन् सडकबत्ती

रतन टाटाको निधन

नेपालमा १४७ जना कोरोनाका सक्रिय संक्रमित

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ६ जना कोरोना संक्रमित थपिएका छन् । आज थपिएकासँगै नेपालमा सक्रिय संक्रमितको संख्या १४७ रहेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार दिएको जानकारी अनुसार २ हजार ८५६  पीसीआर परीक्षणमा ६ जना र ६१७ एन्टिजेन परीक्षणमा ० जना गरी कुल ६ जनामा भाइरसको संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, विगत २४ घण्टामा कोरोना संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन । नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ९५२ पुगेको छ ।

यसैगरी, ८ जना निको भएसँगै हालसम्म ९ लाख ६६ हजार ९२९ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

प्रकाशित मिति : ४ जेष्ठ २०७९, बुधबार  ६ : ०७ बजे