आन्तरिक हवाई उडानमा अत्यधिक चाप

बीरगंजमा राजेशमानकाे अग्रता कायमै

वीरगंज  । मधेस प्रदेशको एक मात्र महानगर पर्साको वीरगंज महानगरपालिकामा पाँच दलीय गठबन्धनको तर्फबाट जसपाका मेयर पदका उम्मेदवार राजमान सिंहले एमालेका उम्मेदवार विजय सरावगीलाई फराकिलो मतान्तरले अग्रता लिइरहनुभएको छ ।  

बुधबार अपराह्न सवा ३ बजे प्राप्त पछिल्लो जानकारी अनुसार गणना भएको २५ हजार १ सय ९३ मतमा  राजेशमान सिंहले १२ हजार ८ सय १८ मत प्राप्त गर्नुभएको छ भने एमालेका विजय सरावगीले ६ हजार ३ सय ८५ मत प्राप्त गर्नुभएको छ । 

वीरगंजमा तेस्रो स्थानमा राप्रपाका गिरीश गिरी रहनु भएको छ । गिरीले ५ सय ४१ मत प्राप्त गर्नुभएको छ ।

त्यसैगरी उपप्रमुखमा पाँच दलीय गठबन्धनको तर्फबाट नेपाली काँग्रेसका इम्तियाज आलमले ८ हजार ९ स ७२ मत प्राप्त गर्नुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी एमाले लोसपा गठबन्धनको तर्फबाट लोसपाका पुरुषोत्तम लाल झाले १ हजार ७ सय ६६ मत प्राप्त गर्नु भएको छ । यता स्वतन्त्र उम्मेदवार रम्भा मिश्रले १ हजार १ सय ७५ मत प्राप्त गर्नु भएको छ भने राप्रपाकी उपप्रमुखकी उम्मेदवार विना जैसवालले ९ सय १९ मत प्राप्त गर्नु भएको छ ।

प्राप्त पछिल्लो जानकारी अनुसार वडा नम्बर ५ को वडा अध्यक्षको पदमा प्रदिप चौरसियासहित नेकपा एमालेको प्यानलै विजयी भएको छ । निवर्तमान वडा अध्यक्ष समेत रहनुभएका चौरसियाले ५ सय ६२ मत प्राप्त गर्नुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टीका सुशिल सिंह क्षेत्रीले ५ सय ३२ मत प्राप्त गर्नु भएको छ ।

हालसम्म वीरगंज महानगरपालिकामा ७ वटा वडाको नतिजा सार्वजनिक भएको छ । जसमध्ये जसपाले ३ काँग्रेसले २ र एमालेले २ वडामा अध्यक्ष पदमा विजयी हुनुभएको छ ।  अहिले वीरगंज महानगरपालिकाको वडा नम्बर ३,६,७, २७,२८,२९ को गणना जारी रहेको पर्साका मुख्य निर्वाचन अधिकृत धर्मराज पौडेलले जानकारी दिनुभयो ।

 

प्रकाशित मिति : ४ जेष्ठ २०७९, बुधबार  ४ : ४२ बजे