आन्तरिक हवाई उडानमा अत्यधिक चाप

दैलेखको आठबीस नगरपालिकामा एमालेका बडुवाल विजयी

काठमाडौँ । दैलेखको आठबीस नगरपालिकाको प्रमुख र उपप्रमुखमा एमाले विजयी भएको छ । 
एमालेबाट प्रमुखमा तर्कबहादुर बडुवाल विजयी हुनुभएको छ भने उपप्रमुखमा कल्पनाकुमारी थापा विजयी बन्नुभएको छ । 

प्रमुख बडुवालले ५ हजार ३ सय २७ मत ल्याउनुभएको छ भने उहाँको प्रतिद्वन्द्वी शाहीले  ५ हजार ६६ मत प्राप्त गर्नुभयो । 

थापाले ५ हजार १ सय १३ मत प्राप्त गर्नुभयो उहाँकी प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी निशा थापाले ४ हजार ९ सय ६५ मत ल्याएर पराजित हुनुभयो ।  नेकपा एमालेबाट आठबीस नगरपालिकाको वडा नम्बर १ मा बमबहादुर रावत, २ मा कलम कामी, ४ मा टेकबहादुर माझी, ६ मा नवराज शर्मा र ८ मा अदल शाही विजयी हुनुभएको छ । 

यस्तै, नेपाली कांग्रेसले ३ वडा जितेको छ । वडा नम्बर ३ मा नगेन्द्रराज कार्की, ५ मा बजर सिंह विक, ७ मा जैसिंह कठायत र ९ मा शेरबहादुर सिजापती विजयी हुनुभएको छ । 

प्रकाशित मिति : ४ जेष्ठ २०७९, बुधबार  ४ : ३५ बजे