तीन प्रदेशमा वर्षाको सम्भावना

पाल्पाको बगनासकाली गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी

पाल्पा – पाल्पाको बगनासकाली गाउँपालिकामा नेकपा एमालेकी उम्मदेवार सरस्वती चिदी अध्यक्षमा निर्वाचित हुनु भएको छ ।

चिदीले नेपाली कांग्रेसकी सुनिता अधिकारीलाई पराजय गरी पाल्पाको पहिलो महिला अध्यक्ष बन्नु भएको हो ।

एमाले उम्मेदवार चिदीले ८३३ मत अन्तरले कांग्रेसकी अधिकारीलाई पराजित गर्नु भएको हो । चिदीले ६ हजार ४६६ मत प्राप्त गरी विजय हाँसिल गर्नु भएको हो भने नेपाली कांग्रेसकी अधिकारीले ५ हजार ६३३ मत प्राप्त गर्नु भएको छ ।

चिदी २०७४ सालको स्थानीय तह निर्वाचनमा पालिकाको उपाध्यक्षमा विजयी हुनु भएको थियो ।  

पालिकाको उपाध्यक्षमा नेकपा एमालेकै हरिप्रसाद पाठक विजयी हुनु भएको छ । एमालेका पाठकले १ हजार ८५ मतले नेकपा एकीकृत समाजवादीका खिमानन्द पाण्डेयलाई पराजित गर्नु भएको छ ।

एमालेका पाठकले ५ हजार ८७३ मत प्राप्त गरी विजयी हुनु भएको हो । एकीकृत समाजवादीका पाण्डेयले ४ हजार ७७८ मत प्राप्त गर्नु भएको छ ।

प्रकाशित मिति : ४ जेष्ठ २०७९, बुधबार  ४ : २९ बजे