तीन प्रदेशमा वर्षाको सम्भावना

​​​​केशव स्थापितले आफ्नो वडामा लिए अग्रता

काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर उम्मेदवार केशव स्थापितले आफ्नो वडामा अग्रता लिनुभएको छ । वडा २८ को प्रारम्भिक चरणको मतगणनामा उहाँले अग्रता लिनुभएको हो ।

पछिल्लो मत परिणामअनुसार २०० मत गन्दा स्थापितले ६० मत पाउनुभएको छ । दोस्रोमा बालेन्द्र साहले ४६ र तेस्रोमा सिर्जना सिंहले ३३ मत पाउनु भएको छ ।

कूल ४५ हजार ४३ मत गन्दा बालेन्द्र १७५५८ मतका साथ अग्रस्थानमा कायम गर्नुभएको छ । दोस्रोमा स्थापितले ९०५६ मत ल्याउनुभएको छ भने तेस्रोमा सिर्जना सिंहले ८१२८ मत ल्याउनुभएको छ।   

प्रकाशित मिति : ४ जेष्ठ २०७९, बुधबार  ३ : ५२ बजे