तीन प्रदेशमा वर्षाको सम्भावना

बूढानीलकण्ठ नगरपालिकामा मेयर, उपमेयरसहित बहुमत वडामा एमाले विजयी

​​​​​​​काठमाडौं । बूढानीलकण्ठ नगरपालिकामा नेकपा एमालेले  मेयर, उपमेयरसहित बहुमत वडामा विजयी हासिल गरेको छ ।

मेयरमा मिठाराम अधिकारीले १४२५० मत ल्याएर विजयी हुनुभएको छ भने निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका विनोद चालिसे ११५१२ मत ल्याउनुभएको थियो ।  उपमेयरमा एमालेकै अनिता लामाले १४३१४ मत ल्याएर विजयी हुनुभएको छ भने प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी रमिला वाग्लेले ११९७२ मत ल्याउनुभएको थियो ।

नेकपा एमालेले बूढानीलकण्ठ नगरपालिकाका १३ मध्ये १० वडामा विजयी हासिल गरेको छ भने कांग्रेसले दुईवटामा र एउटामा स्वतन्त्रले जितेका छन् ।

प्रकाशित मिति : ४ जेष्ठ २०७९, बुधबार  ३ : १६ बजे