तीन प्रदेशमा वर्षाको सम्भावना

दोधाराचाँदनी नगरपालिकामा पहिलो पटक उदायो एमाले

महेन्द्रनगर । कञ्चनपुरको दोधाराचाँदनी नगरपालिकाको मेयरमा नेकपा एमालेका उम्मेदवार विजयी हुनुभएको छ ।  एमाले उम्मेदवार किशोरकुमार लिम्बु मेयरमा निर्वाचित हुनुभएको छ । 

लिम्बुले ७ हजार १०४ मत ल्याउँदै नेपाली कांग्रेसका उम्मेदवार भट्टलाई पराजित गर्नुभयो  । भट्टले ६ हजार १७१ मत प्राप्त गर्नुभयो ।

उपमेयरमा भने नेपाली कांग्रेसकी गंगादेवी जोशी विजयी हुनुभएको छ ।  जोशीले ६ हजार ३६५ मत पाउँदा उहाँकी निकटतम् प्रतिस्पर्धी एमालेकी खिमा चन्दले ५ हजार ८२२ मत ल्याउनुभयो  । 

दोधाराचाँदनीमा एमालेले पहिलो पटक जित हात पारेको हो  । ‘२०४६ सालपछि पहिलो पटक एमाले यहाँको नेतृत्वमा पुगेको हो । ‘२०७४ सालमा उपमयेर जिते पनि मेयरमा लिम्बु झिनो मतले हार्नु भएको थियो ।

दोधाराचाँदनी नेपाली कांग्रेस केन्द्रीय सदस्य रमेश लेखकको प्रभाव क्षेत्र मानिन्छ । तर यसपटक कांग्रेस गढमा बहुमत वडाध्यक्षसहित एमाले विजयी भएको छ ।

प्रकाशित मिति : ४ जेष्ठ २०७९, बुधबार  २ : ५३ बजे