तीन प्रदेशमा वर्षाको सम्भावना

इलाम नगरपालिकामा कांग्रेसका थापा र दाहाल विजयी

मङ्गलबारे।  इलाम नगरपालिकाको  प्रमुख र उपप्रमुख पदमा नेपाली कांग्रेसका उम्मेदवार विजयी हुनुभएको छ ।  प्रमुखमा कांग्रेसका केदार थापा विजयी हुनुभयो । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार धीरेन चेम्जोङलाई दुई हजार ५२८ मतअन्तरले पछि पार्दै उहाँ विजयी हुनुभएको हो । 

कांग्रेसका उम्मेदवार थापाले १३ हजार ११५ मत प्राप्त गर्दै विजयी हुनुभयो भने निकटतम प्रतिस्पर्धी नेकपा एमालेका धीरेन चेम्जोङले १० हजार ५८७ मत प्राप्त गर्नुभयो । उपप्रमुखमा कांग्रेसकै विष्णु दाहाल लिम्बूले विजय प्राप्त गर्नुभयो । उहाँले १३ हजार ५४२ मत प्राप्त गर्दै विजयी हुनुभयो ।

 प्रतिस्पर्धी एमालेकी  उम्मेदवार सीतादेवी रिजालले १० हजार ८८ मत प्राप्त गर्नुभयो । २०४८ सालको स्थानीय निर्वाचनपछि इलाम नगरपालिकामा नेपाली कांग्रेसले पहिलो पटक जित हासिल गरेको हो ।

इलाम नगरपालिकामा जम्मा १२ वटा वडा छन् । नौ वटा वडामा कांग्रेसले वडाध्यक्ष जितेको छ भने तीन वटा वडामा एमालेका उम्मेदवार अध्यक्ष पदमा विजयी हुनुभएको छ ।

प्रकाशित मिति : ४ जेष्ठ २०७९, बुधबार  २ : ४५ बजे