तीन प्रदेशमा वर्षाको सम्भावना

झापाको बाह्रदशी गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष एमाले विजयी

झापा। बाह्रदशी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा (एमाले) ले विजयी भएको छ ।

अध्यक्षमा एमालेका देवेन्द्रप्रसाद चम्लगाईंले सात हजार १४८ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँका निकटम प्रतिद्वन्द्वी गठबन्धनका खड्गप्रसाद राजवंशीले चार हजार ३६१ मत प्राप्त गर्नुभएको छ । 

यसैगरी उपाध्यक्षमा एमालेकै शान्ता शिवाकोटी खरेलले छ हजार ६३६ मत प्राप्त गरी निर्वाचित हुनभएको छ । उहाँको निकटम प्रतिद्वन्द्वी राष्ट्रिय प्रजातन्त्र पार्टीका कमला राजवंशीले चार हजार १९५ मत प्राप्त गर्नुभएको हो । 

सात वडा रहेको बाह्रदशीमा चारमा कांग्रेस तथा एक÷एक वडामा एमाले, राप्रपा र स्वतन्त्रले अध्यक्षमा विजयी बनेका छन् । 
 

प्रकाशित मिति : ४ जेष्ठ २०७९, बुधबार  २ : १५ बजे