तीन प्रदेशमा वर्षाको सम्भावना

कालीकोटमा कांंग्रेस÷ स्वतन्त्र दुई÷दुई र माओवादी तीन स्थानमा विजयी

मान्म । कालीकोटका नौ स्थानीय तहमध्ये सातको स्थानीय तहको चुनावी नतिजा सार्वजनिक भएको छ । तीमध्ये दुई  पालिकामा नेपाली कांग्रेस, दुईमा पालिकामा स्वतन्त्र र तीन  पालिकामा नेकपा (माओवादी केन्द्र्र) का उम्मेदवार विजयी भएका छन् । 

खाँडाचक्र नगरपालिका र सान्नी त्रिवेणी गाउँपालिकामा स्वतन्त्र उम्मेदवार विजयी हुनुभएको छ । खाँडाचक्रको प्रमुखमा कमलबहादुर शाही र सान्नी त्रिवेणीको अध्यक्षमा मोहनबहादुर केसी विजयी हुनुभएको छ । खाँडाचक्रमा माओवादीका उपप्रमुख गणेशबहादुर शाही र सान्नी त्रिवेणीमा उपाध्यक्षमा एमालेबाट पार्वतीसिंह विजयी हुनुभएको छ । 

 तिलागुफा नगरपालिका र नरहरिनाथ गाउँपालिकामा कांगे्रसका उम्मेदवार विजयी हुनुभएको छ । तिलागुुफा नगरपालिकाको प्रमुखमा कांग्रेसबाट शङ्करप्रसाद उपाध्याय र नरहरिनाथ गाउँपालिका नगेन्द्र विष्ट विजयी  हुनुभएको छ । तिलागुफाको उपप्रमुखमा एमालेका उम्मेदवाार महेन्द्रबहादुर शाही र नरहरिनाथ गाउँपालिकाको उपाध्यक्षमा माओवादी केन्द्रका कमलबहादुर शाह विजयी हुनुभएको छ ।

शुभकालिका, महावै र पलाता गाउँपालिकामा माओवादीबाट उम्मेदवारले विजयी गरेका छन् । शुभकालिकामा गोविन्द आचार्य, महावैमा खेमबहादुर सिंह र पलाता गाउँपालिकामा विष्णुबहादुर रोकाया विजयी हुनुभएको छ । शुभकालिकामा उपाध्यक्षमा कांग्रेसका धर्मा शाही, महावैमा उपाध्यक्षमा एमालेबाट दानसिंह सेजुवाल र पलाता गाउँपालिकाको उपाध्यक्षमा माओवादीका अलैपुरा जैशी निर्वाचित हुनुभएको छ ।  जिल्लाको रास्कोट नगरपालिका र पचालझरना गाउँपालिका मतगणना जारी  नै छ ।

प्रकाशित मिति : ४ जेष्ठ २०७९, बुधबार  २ : ०५ बजे