तीन प्रदेशमा वर्षाको सम्भावना

सरकारको प्राथमिकतामा पेट्रोलियम पदार्थको मूल्यवृद्धि नियन्त्रण परेन :योगेश भट्टराई 

काठमाडौं । प्रमुख प्रतिपक्षी दल एमालेका सांसद् योगेश भट्टराईले पेट्रोलियम पदार्थको मूल्य नियन्त्रण र आयात कम गर्ने विषय सरकारको प्राथमिकतामा नपरेको बताउनुभएको छ । 

प्रतिनिधिसभा बैठकमा बुधबारबाट सुरु भएको आर्थिक वर्ष २०७९र८० का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा कर प्रस्तावबाहेक माथिको छलफलमा सहभागी हुँदै उहाँले मूल्यवृद्धि नियन्त्रणदेखि पेट्रोलियम पदार्थको वैकल्पिक उपायबारे सरकारको प्राथमकितामा नपरेको बताउनुभयो । 

पेट्रोलियम पदार्थको मूल्यवृद्धिले सबै वस्तुको भाउ बढ्ने र यसले विपन्न समुदायको जीवन कष्टकर हुने भन्दै उहाँले पेट्रोलियम पदार्थको वैकल्पिक उपायदेखि मूल्यवृद्धि नियन्त्रणको उपाय अवलम्बन गर्नुपर्ने बताउनुभयो । 

अर्थमन्त्री जनार्दन शर्माले मंगलबार पेस गरेको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताले देशको आर्थिक संकट नियन्त्रण गर्ने उपाय अवलम्बन नगरेको भट्टराईले बताउनुभयो । 

कोरोनाभाइरसको महामारीका बेला एमालेको तत्कालीन सरकारले दातृ राष्ट्र र निकायको सहयोग लिएर देशको आर्थिक अवस्थालाई बलियो बनाए पनि अहिले सरकारले देशको आर्थिक अवस्था सुधार्न प्रयास नगरेको पनि उहाँको भनाइ छ । 
 

प्रकाशित मिति : ४ जेष्ठ २०७९, बुधबार  १ : ५८ बजे