तीन प्रदेशमा वर्षाको सम्भावना

हनुमाननगर कंकालिनी नगरपालिकामा जनमत पार्टीका बिरेन्द्र माझी विजयी 

राजविराज  । हनुमाननगर कंकालिनी नगरपालिकाको प्रमुख र उपप्रमुख पदमा जनमत पार्टीका उम्मेदवार निर्वाचित भएका छन् । जनमतका मेयर पदका उम्मेदवार बिरेन्द्र माझीले ६ हजार ४०७ मत प्राप्त गर्दै निर्वाचित भएका हुन् ।

उनका  निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी ९जसपा०का मेयर पदका उम्मेदवार शैलेशकुमार साहले ६ हजार २४६ मत प्राप्त गरेका छन् । साह निवर्तमान मेयर हुन ।

त्यस्तै, उपमेयर जसपाकी उम्मेदवार सरितादेवी यादव सिपालिया निर्वाचित भएकी छिन् । उनले ६ हजार ५१२ मत प्राप्त गरेकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी जनमतकी रेखादेवी मण्डलले ५ हजार ९८२ मत प्राप्त गरिन् ।

 

प्रकाशित मिति : ४ जेष्ठ २०७९, बुधबार  १२ : ४८ बजे