तीन प्रदेशमा वर्षाको सम्भावना

बारामा दुई भोट अन्तरले पत्रकार हरिदेव खरेल वडा अध्यक्षमा निर्वाचित  

बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको वडा नं। १६ मा पत्रकार हरिदेव खरेल नेकपा एमालेका तर्फबाट दुई भोटले वडाध्यक्षमा निर्वाचित हुनु भएको छ ।

झिनो मतान्तरसहित अध्यक्षमा निर्वाचित भएका खरेलले एक हजार चार सय ५४ मत प्राप्त गर्नुभएको थियो । उहाँका निकटतम प्रतिद्वन्द्वी केदारनाथ बजगाईले एक हजार चार सय ५२ मत प्राप्त गर्नुभएको थियो । 

बजगाईँ अघिल्लो स्थानीय तह निर्वाचनमा निर्वाचित वडाध्यक्ष हुनुहुन्थ्यो  । उहाँले खरेरसँग झिनो मतले पराजय व्यहो्नुभ भयो । खरेल निर्वाचित वडामा नेकपा एमालेको महिला सदस्यको उम्मेदवार सोममाया रिमाल, दलित महिला सदस्य पवित्रा माया सार्की, सदस्य प्रेमबहादुर गोले तामाङ र हेमबहादुर बुर्जा मगर निर्वाचित हुनु भएको छ  ।

नेपाल पत्रकार महासङ्घको केन्द्रीय पार्षद् समेत रहनु भएका खरेल लामो समयदेखि पत्रकारिता पेसामा सक्रिय हुनुहुन्थ्यो । पत्रकारिता पेशालाई बिराम दिँदै राजनीतिक पेसामा लाग्नु भएको खरेल समाजसेवामा पनि उतिकै खटिने पात्र को रूपमा परिचित रहनु  भएको हो ।
 

प्रकाशित मिति : ४ जेष्ठ २०७९, बुधबार  १२ : ४३ बजे