पाँचथर । पाँचथरको याङवरक गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा नेकपा (एमाले)का उम्मेदवार विजयी हुनु भएको छ । गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका भिम बहादुर योङया निर्वाचित हुनु भएको हो ।
नेकपा एमालेका उम्मेदवार योङयाले गठबन्धनका मविन्द्र योङयालाई ८० मतले पछि पार्दै विजयी हुनु भएको हो । गठबन्धनबाट काँग्रेसका उम्मेदवार योङयाले ४ हजार ३८ मत प्राप्त गर्दा भिम बहादुर योङयाले ४ हजार १ सय १८ मत प्राप्त गर्नुभएको छ ।
यस्तै पालिका उपाध्यक्षमा नेकपा एमालेकी बाबा मेयाङबो विजयी हुनु भएको छ । माओवादी केन्द्र का अर्जुन कुमार बेघालाई ३ सय १९ मतले पछि पार्दै मेयाङबो विजयी हुनुभएको हो । बाबा मेयाङबाले ३ हजार ९ सय ९८ मत प्राप्त गर्दा बेघाले ३ हजार ६ सय ७९ मत प्राप्त गर्नुभएको छ ।
प्रकाशित मिति : ४ जेष्ठ २०७९, बुधबार १२ : ३२ बजे
प्रतिक्रिया