तीन प्रदेशमा वर्षाको सम्भावना

महानगरपालिकामा कुन पार्टीको अवस्था कस्तो ?

काठमाडौं – स्थानीय तह निर्वाचनको मतगणना भइरहेको छ । निकै चासोका साथ हेरिएको देशका ६ महानगरपालिकाको पनि मतपरिणाम आउने क्रम जारी छ । अधिकांशमा मिश्रित मत परणाम आएका छन् ।

काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह १६ हजार ५२ मतका साथ अग्रस्थानमा हुनुहुनछ । बालेनलाई पछ्याइरहेका नेपाल कम्युनिष्ट पार्टी एमालेका उम्मेदवार केशव स्थापितले ८ हजार ३ सय ४५ मत ल्याउनुभएको छ । बालेनले ७ हजार ७ सय ७ मतले अग्रता लिइरहनुभएको छ ।

पोखरा महानगरपालिकामा नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्य १४ हजार ३ सय ६२ मतका साथ अग्रस्थानमा हुनुहुन्छ । आचार्यलाई पछ्याइरहेका नेपाल कम्युनिष्ट पार्टी एमालेका कृष्णबहादुर थापाले १२ हजार ५ सय १७ मत ल्याउनुभएको छ । आचार्यले १ हजार ८ सय ४५ मतको मतान्तर रहेको छ ।

भरतपुर महानगरपालिकामा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहाल ९ हजार ९ सय ७० मतका साथ अग्रस्थानमा हुनुहुन्छ । दाहाललाई पछ्याइरहेका नेपाल कम्युनिष्ट पार्टी एमालेका विजय सुवेदीले ८ हजार २ सय ५८ मत ल्याउनुभएको छ । यहाँ १ हजार ७ सय १२ मतको मतान्तर रहेको छ ।

ललितपुर महानगरपालिकामा नेपाली कांग्रेस उम्मेदवारका चिरीबाबु महर्जन ११ हजार ९ सय २० मतका साथ अग्रस्थानमा हुनुहुन्छ । महर्जनलाई पछ्याइरहेका नेपाल कम्युनिष्ट पार्टी एमालेका हरिकृष्ण ब्यञ्जनकारले ५ हजार ५ सय ७० मत ल्याउनुभएको छ ।

वीरगन्ज महानगरपालिकामा जनता समाजवादी पार्टी नेपालका उम्मेदवार राजेशमान सिंह ११ हजार ९ सय ९५ मतका साथ अग्रस्थानमा हुनुहुन्छ । सिंहलाई पछ्याइरहेका नेपाल कम्युनिष्ट पार्टी एमालेका विजयकुमार सरावगीले ५ हजार ६ सय ३५ मत ल्याउनुभएको छ । उहाँहरुबीच ६ हजार ३ सय ६० मतको मतान्तर रहेको छ ।

विराटनगर महानगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार नागेश कोइराला १४ हजार ६१ मतका साथ अग्रस्थानमा हुनुहुन्छ । कोइरालालाई पछ्याइरहेका नेपाल कम्युनिष्ट पार्टी एमालेका सागरकुमार थापाले १० हजार ६ सय ९२ मत ल्याएका छन् । उनीहरुबीच ३ हजार ३ सय ६९ मतको मतान्तर रहेको छ ।

प्रकाशित मिति : ४ जेष्ठ २०७९, बुधबार  १२ : २९ बजे