बारा । जितपुरसिमरा उपमहानगरपालिका १४ मा नेकपा एमालेकी उम्मेदवार चयन गुरुङको प्यानल विजयी भएको छ । सम्भवत : बारामै र जितपुरसिमरा उपमहानगरपालिकाकै पहिलो महिला वडाध्यक्षको रुपमा निर्वाचित गुरुङले लोकप्रिय मत प्राप्त गर्नुभएको छ ।
गुरुङले एक हजार तीन सय २५ मत प्राप्त गर्नुभएको हो । उहाँको निकटतम प्रतिद्धन्दी नेकपा माओवादी केन्द्रका भरतप्रसाद भण्डारीले ९२३ मत प्राप्त गर्नुभयो । गुरुङ चार सय दुई को फराकिलो मतान्तरले विजयी हुनुभएको हो ।
उक्त वडामा एमालेमा महिला सदस्य उम्मेदवार रामपति थरुनी, दलित महिला सदस्य उम्मेदवार गिता सार्की, सदस्य उम्मेदवारहरु तेज नारायण चौधरी र यमनाथ ढकाल विजयी हुनुभएको छ ।
प्रकाशित मिति : ४ जेष्ठ २०७९, बुधबार १२ : १४ बजे
प्रतिक्रिया