इलाम । इलामको माई नगरपालिकामा सत्तारुढ गठबन्धनलाई हराउँदै नेकपा एमालेले प्रमुख र उपप्रमुखमा विजय हासिल गरेको छ ।
एमालेका मेयरका उम्मेदवार खम्बसिंह लिम्बुले गठबन्धनबाट उम्मेदवार नेकपा माओवादी केन्द्रका उम्मेदवार धनकुमार लिम्बुलाई एक हजार ६१७ मतले पराजित गर्नुभएको हो ।
लिम्बुले ८ हजार १३२ मत पाउँदा माओवादी केन्द्रका धनकुमार लिम्बुले ६ हजार ५१५ मत पाउनुभएको छ । उपप्रमुखमा नेकपा एमालेकी हिमा भण्डारी निर्वाचित हुनुभएको छ ।
उहाँले नेपाली कांग्रेसका हेमबहादुर लिम्बुलाई एक हजार ५३० मतले पराजित गर्नुभएको हो । उपप्रमुखमा भण्डारीले सात हजार ८७५ मत पाउँदा लिम्बुले छ हजार ३३६ मत पाउनुभएको छ ।
माई नगरपालिका वडा नम्बर १ मा नेपाली कांग्रेसका राम बहादुर राई, २ मा नेकपा एमालेका उर्द बहादुर राई, ३ मा नेपाली कांग्रेसका देउकुमार तामाङ वडाध्यक्षमा निर्वाचित भएका छन् ।
त्यस्तै, वडा नम्बर ४ मा नेकपा एमालेका हेम बहादुर लिम्बु, ५ मा एमालेका भुपेन्द्र पुर्बछाने मगर, ६ मा कांग्रेसका खड्ग सुन्दर योङहाङ, ७ मा एमालेका बुद्धिप्रसाद खनाल वडाध्यक्षमा निर्वाचित हुनुभएको छ । वडा नम्बर ८ मा एमालेका अमृत बहादुर मोक्तान, ९ मा एमालेका लिला कुमार राई र १० मा पनि एमालेकै गणेश राई वडाध्यक्षमा निर्वाचित भएका छन् ।
प्रकाशित मिति : ४ जेष्ठ २०७९, बुधबार ११ : २२ बजे
प्रतिक्रिया